logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रनवे मोडल सुपर स्टार सिजन टु हुने


  • जन आकाश
  • शुक्रबार, कार्तिक ५ २०७८

काठमाडौ । रनवे सुपर स्टार सिजन टु हुने भएको छ । यहि कार्तिक ७ गतेवाट टे«निङ हुने र तिहार पछाडि फाइनल शो गर्ने अन्तिम तयारी भइरहेको आयोजक ए.आर. इन्टरटेन्टमेन्ट प्रा.लि. का प्रबन्धक निर्देशकले जाकारी दिएका छन् । कार्यक्रम ए.आर. इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजना र राइजिङग क्रेशन नेपालले प्रीजेन्ट गर्नेगरी कार्यक्रमको अन्तिम तयारी भइरहेको राज तामाङले जानकारी दिएका हुन् ।



नेपाली युवायुवतीहरुको उत्साह र प्रतिभालाई उजागर गर्ने उदेश्य राखेर उक्त रनवे मोडल सुपर स्टार गर्न लागेको आयोजक तामाङको दावी छ ।

उक्त कार्यक्रमको आकर्षक थप्न अनुभवी कोरीयो ग्रफर आर्शु महर्जनले सहभागी मोडलहरुलाई तालिम दिइरहेका छन् । त्यसैगरी राइजिङ क्रेशनका अध्यक्ष सागर मगरले व्यवस्थापन गरिरहेका छन् । कुनै पनि कमि नहोस् भनेर धेरै मेहेनतका साथ आफु लागि परेको पनि सागरले जन आकाश मिडियालाई बताए ।

यो भन्दा अगाडि रनवे मोडल सुपर स्टार सिजन वान गरिसकेको अनुभवलाई अझ राम्रोसँग प्रस्तुत गर्ने र फाइनलमा ग्रयाण्ड शो गरेर अत्याधिक मनोरञ्जन दिने र दर्शक सहभागी प्रतिस्पर्धी सवैले मनोरञ्जन लिउन भन्ने उदेश्यका साथ काममा पुरै टिम लागेको बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend