जन आकाश
काठमाडौै । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यले पोखराको] Mountain Glory Forest Resort मा आयोजित एक भब्य समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो मुलनारा Slogan “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा ब्यक्त गरेको छ ।
उत्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले संयुक्त रुपमा अनावरण गर्नु भएको हो ।
कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भएसंगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलता पुर्वक अगाडि बढ्ने विश्वास ब्यक्तगर्नु भएको थियो । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित÷सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्तगर्नु भएको थियो ।
त्यसैगरी दशबर्ष भन्दा बढी अवधि देखि जीवनबीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पार्नु भएको थियो । उहाँले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई pillar अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् भन्नु हुँदै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’अर्थात ‘सबै सुखि हुन्’का साथ सुभारम्भ गरेको कुरा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममाश्री झाले नयाँलोगोकातीनरंग रातो,कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्छ र कम्पनीअबद्यष्ननभच, द्ययमिभच र द्यचष्नजतभचभएर अगाडी बढदै आफ्नाग्राहकहरुको चाहना र सन्तुष्टीको ख्यालगर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखियसको बिशिष्टिकरणका लागित्भअजलययिनथ र गउमबतभम ःबलबनझभलत एजष्यिकयउजथ को प्रयोगबाट गतिदिने योजना रहेको स्पष्ठ पार्नु भयो ।
त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो,त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको ब्यहोरा ब्यक्तगर्नु भएको थियो । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्तगर्नु भएको थियो ।
दुई दिन सम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमा जारि भएका बिभिन्न बीमा योजनाहरु बीमा बजारका लागि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आ.ब. २०७७÷०७८ काउत्कृष्ट अभिकर्ता तथाएजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।
कम्पनीका अध्यक्ष संचालक तथा प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुकासाथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ्ग, पुरस्कृत अभिकर्ता÷एजेन्सी मेनेजरहरुको तर्फबाट सुनिल खडका तथा कमल प्रसाद घिमिरेले समेत आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend