जन आकाश
काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।
सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ(आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो।
कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको ूल्बतष्यलब िद्यगकष्लभकक ःभभत(द्दण्ठडू राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गर्नु भएको उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गर्नु भएका थियो । त्यसै गरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गर्नु भएको थियो भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गर्नु भएको थियो।
सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गर्नु भएको थियो। सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो। बीमा जनचेतना अभिवृद्धिको लागि यो आ।व। भित्र सबै शाखा उपशाखाले आ(आफ्नो क्षेत्रमा युवा संग ( महालक्ष्मी लाईफू कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले युवासंग ( महालक्ष्मी लाईफ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गर्नु भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend