logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्राकृतिक बिपत्ति आउन नदिन सावधान अपनाऔ 


  • जन आकाश
  • बिहिबार, कार्तिक ११ २०७८

यहि हप्ता अगाडी नेपालका बिभिन्न जिल्लामा परेको मुशलधारे प्राकृतिक बिपत्तिले सयौको संख्यामा मानिसहरुको ज्यान लिएको छ । त्यसैगरी लाखौ कराडौ धनमालको क्षति भएको छ । सवैभन्दा बढी क्षति प्रदेश नम्बर १ मा पर्ने जिल्लाहरुमा भएको छ ।



प्रहरी प्रधान कार्यलयले सार्वजानिक गरेको आकाडा अनुसार १ न. प्रदेशमा मात्र ६१ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्य अझै बढ्न सक्ने बताईएको छ । कर्णाली प्रदेशमा ७, लुम्बिनीमा ३, बागमतिमा १ जनाको मृत्यु पुष्टि गरेको छ ।

तराइका २२०० भन्दा बढी घरहरु प्रभावित
बिभिन्न क्षेत्रमा परेको मुशलधारे पानीको कारणले बिभिन्न क्षेत्रमा पहिरोमा परी मृत्यु भएका हुन् भने तराईका २२०० घरभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । १००० भन्दा बढी परिवारहरु घरवार बिहिन भएको पनि उल्लेख छ । यो बिपत्तिले नेपालका मानिसहरुलाई दुःखद घटनाको रुपमा लिएका छन् । यि प्रकृतिक बिपत्ति आईपरेका जिल्लाहरुमा मानवीय संकट त परेको छ नै । यस्ता घटनाहरु देखेर अन्य क्षेत्रका मानिसहरुको चेत खुल्नुपर्छ ।

प्राकृतिका बिपत्ति हाम्रो नेपालमा मात्रै आउने होइन संसारका सवै ठाउँहरुमा प्राकृतिक बिपत्त आउने गर्दछन् । यस्ता समस्याहरुवाट बच्न स्वयम मानिसहरु नै सजग र सर्तक रहनुपर्छ । त्यो गर्दा मानवीय क्षति कम गर्ने उपाय अपनाउन सकिन्छ ।

नेपालको सन्दर्भमा गाउँ नै गाउँले भरिएको देश भएको हुनाले कतिपय ठाउँहरु मानव बसोबास गर्न कतिको उपयुक्त छ भनेर दिर्धकालीन अध्ययन गरेर वस्ती वसाल्यौ भने यस्ता प्राकृतिक बिपत्तिवाट बच्ने उपाय हुन सक्दछ ।

नेपालका अधिकांश गाउँहरु मौलिक तरिकाले आफ्नै स्वरुपमा छन् । यो विगतको तौर तरिकामा ठिकै थियो । त्यतिवेला प्राकृतिक बिनास नभएका कारण त्यति क्षति हुदैनथ्यो अचेल बन्दै गरेका संरचनाहरुले र मानिसहले प्राकृतिक स्रोतहरुलाई बिनास गर्दै लगेको हुनाले पहिलाको जस्तै गरी बसेका बस्तीहरु सुरक्षित हुदैनान् ।

त्यसकारण भौगोलिक अवस्थालाई ध्यानमा राखेर आफु बस्ने स्थान निर्माण गर्ने सामग्री निर्माणको तरिका जस्ता महत्वपुर्ण अग्रीम अध्ययन गरेर यस्ता प्राकृतिक र्दुघना कम गराउने तरिका हुन सक्छन् ।

घटना घटिसकेपछि पछुछाउनु भन्दा अग्रीम तयारी गरेर सुरक्षित भइ बस्नु बुद्धिमानी हुन्छ । र कथमकदाचित यस्ता खालका प्राकृतिक बिपत्तहरु आइपर्दा कसरी त्यसको सामना गर्ने भन्ने बिषयमा सम्बन्धित निकायहरुले अग्रीम तयारी हरु गर्ने अभ्यास गर्ने यस्ता बिपत्ता घटना घटिसकेका क्षेत्रको अनुभव लिएर बिपत्त जोखिम कसरी, कुन कारणले किन भयो जस्ता बिषयमा अध्ययन गरेर आउदा दिनमा बिपत्त आउन नदिने आएहाले पनि तुरुन्तै मानवीय क्षति हुन नदिने तरिका अपनाउन सक्नुपर्छ ।

यो काम सम्बन्धित निकायको नेतृत्वमा आम जन चेतना र सहभागितामा हुन सक्छ । यसो गरियन भने सधै यस्ता बिपत्तका घटना घटिरहन्छन् । समाचार बनिरहन्छन् । के थाहा कुनै दिन जो कोहि यस्ता घटनामा पर्न सक्छन् ।

त्यसकारण प्राकृतिक बिपत्तमा परेकाको उद्धार, राहत, बसोबासको ग्यारेण्टी, उनिहरुलाई व्यवस्थापन त गर्नु पर्छ नै । त्यो सँगसँगै आउदा दिनमा यस्ता बिपत्तक आउनै नदिन गर्नुपर्ने कामहरुको थालनी पनि गरिहाल्नु पर्ने देखिन्छ । प्राकृति बिपत्त कसैले रोकेर रोक्न त सकिदैन तर क्षति कम गर्न भने सकिन्छ । यस्तो विधिहरु अपनाउनु आजको अपरिहार्यताको खाचो भएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend