logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विवेकशील साझा पार्टीमा रविन्द्र मिश्रद्धारा प्रस्ताव पास


  • जन आकाश
  • शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै पेस गरेको दस्तावेज “मार्ग परिवर्त विचारभन्दा माथि देश लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई(तिहाइ भन्दा बढी मतले पारित गरेको सार्वजानिक गरेको छ।



स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष निकालेको पार्टीका पवत्ता सरदराज पाठकले जानकारी गरएका छन् ।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको पवत्ताले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend