जन आकाश
काठमाडौ । सन्राइज क्यापिटल लिमिटेडको एघारौ वार्षिक साधारणसभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा मिति २०७८÷०७÷१२ मा सम्पन्न भएको छ ।
उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको कम्पनीले जानकारी दिएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुनआउने रु.८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डर राइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरी को कार्य समेत सकृय रुपमा संचालन गर्दै आम लगानीकर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको कम्पनीले दावी गदै आएको छ ।
क्यापिटलले हाल सन्राइज म्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्ड तथा सन्राइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ । सन्राईज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७÷०७८ को मुनाफाबाट इकाई धनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend