logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा


  • जन आकाश
  • आइतबार, कार्तिक १४ २०७८

 



 

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले ०.४० प्रतिशतले लाभांश घटाउँदै १५.८० प्रतिशत वितरणको घोषणा गरेको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend