logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ।



सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटमा दुवै पक्षबीच आपसी हित र चासोका विभिन्न विषयमा विचार आदानप्रदान भएको थियो। साथै, नेपाल र युरोपेली संघबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई विस्तार एवं गहिरो बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend