जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर नेतृत्व चयन गरेको छ।
देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा मनोनीत गरेको हो।
देउवा समूहद्वारा गठित ‘१५औँ केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले विश्वकर्मालाई अध्यक्षमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका छन्।
मनोनयन पत्रमा विश्वकर्मालाई आगामी ६ महिनाभित्र नेपाल दलित संघको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको उल्लेख छ।
यसअघि पनि देउवा समूहले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ल र नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरिसकेको छ। यससँगै देउवा समूहले कांग्रेसका भ्रातृ संगठनहरूमा समानान्तर नेतृत्व विस्तारलाई निरन्तरता दिएको देखिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend