जन आकाश
काठमाडौ । नेपालका कम्युनिष्ट आन्दोलनका योद्धा भनेर चिनिने शम्भुराम श्रेष्ठको १०० औं जन्म दिन तथा नेवार समुदायको ११४२ भिन्तुनाको अवसरमा शुभकामना आदान प्रदान तथा राष्ट्रियता सम्बन्धि गोष्ठी भएको छ ।
नेकपा –(माले) काठमाडौ जिल्ला कमिटीको आयोजनामा नयाँ बानेश्वरको ओम शान्ति ओस्कार भोजनालयमा भएको कार्यक्रममा नेकपा(माले) काठमाडौ जिल्ला कमिटीका अध्यक्ष सिद्धि महर्जनको सभापतित्व र नेकपा(माले)का महासचीव सिपी मैनालीको प्रमुख आत्थ्यिमा र स्थाइ कमिटी सदस्य कुमार बेलवासे, सुरेन्द्र ढकाल, कृष्ण राना लगायतको बिशेष अतिथि तथा केन्द्रीय कमिटीका सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, र सर्वसाधरणहरुको उल्लेखिय उपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रमलाई पार्टीका महासचीव सिपी मैनालीले शम्भुराम श्रेष्ठले राष्ट्रियतालाई सधै सिरमा राखेर काम गरेको र उहालाई सधै सम्झनु पर्ने भएको हो भन्दै राष्ट्रियतामा खतरा उत्पन्न हुदा उहाको सुझबुझका कारण नेपाललाई भारतले बिधान सभा मार्फत नेपालको स्वतन्त्र नामेट पार्ने चाल चालेको बिषय शम्भुराम श्रेष्ठले चलाखी गरेर नेपालको अस्तित्व बचाउन भुमिका खेलेको बताएका थिए । त्यसैगरी नेपालको पछिल्लो राजनीतिका अवस्थाको वारेमा प्रकाश पार्दै अन्य पदाधिकारीहरुले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रम सफल बनाउन सवै क्षेत्रवाट सहयोग गरिदिनु भएको भनि काठमाडौ जिल्ला कमिटी अध्यक्ष सिद्धि महर्जनले सवैलाई धन्यवाद दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend