जन आकाश
काठमाडौ । लक्ष्मीबैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १३८औँ शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा न. १ मा संचालनमा ल्याएकोे छ । खाँदबारीको सजक टोलमा नयाँ शाखा स्थापना पछि बैकाको १३८ औ शाखा पुगेको हो ।
बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको अनुसार जिल्ला शाखाको रुपमा संखुवासभामा पनि बिस्तार गरेको हो ।
तयो नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैकले जनाएको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव् यापक बनाउने विश्वास राखेको बिज्ञप्तिमा उल्लेख छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै लगेको देखिन्छ ।
बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड ग्राहकहरुलाई अझ सशत्त mपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैकको दावी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend