logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालीहरुको विशेष पर्व तिहारलाई सदभावको रुपमा मनाऔ


  • जन आकाश
  • मंगलबार, कार्तिक १६ २०७८

 



नेपालीको परिचय भनेको नेपालको भाषा, पहिरन, पर्व, जात्रा, धर्म र संस्कृति हो । विश्वव्यापिकरणको नकरात्मक प्रभावको कारण हाम्रो समग्र संस्कृति ओझेलमा पर्दै गईरहेको यथार्थलाई नकार्न सकिदैन । यद्यपि विश्वव्यापीकरणको अनेकौ सकरात्मक पक्षहरु पनि छन् ।

दशैं र तिहार हामी नेपालीहरुको राष्ट्रिय पर्व हो । अधिकांश नेपालीहरुले यी पर्वहरुलाई बढो हर्ष र उल्लासको साथै मनाउँदै आइरहेका छन् । नेपालमा मात्र होइन आजकल विश्वव्यपीकरणको कारण अमेरिका, अस्टे«लिया, जापान, कोरिया, क्यानाडा, दुवई, कतार, लगायतका देशहरुमा बसोबास गदै आएका नेपालीहरुले दशैं, तिहारलाई अझ भव्य र शानको साथै मनाउदै आइराखेको पाइन्छ । विदेशीएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु दशैं र तिहारको विशेष अवसरमा नेपालमा फर्कने गर्दछन् ।

यी पर्वहरुले बर्षौ बर्ष छुट्टिएका छोराछोरी, आमा–बुबा र आफन्तहरुलाई जोड्ने गर्दछ ।
सवै धर्म, जाति, भाषा र संस्कृतिलाई समान भाव राख्नु हामी नेपालीको विशेषता हो । विडम्वना विदेशी शक्तिको प्रलोभनमा परि नेपालको भाषा, पर्व र संस्कृतिलाई प्रहार गर्ने काम पनि कुनै कुनै नेपालीवाटै हुदै गइरहेको यथार्थलाई नकार्न सक्ने स्थिति छैन ।

हिजोको हिन्दु बिभिन्न कारणवस अन्य विदेशी धर्महरु अगाल्न पुगेका पुर्व हिन्दुहरुबाट नेपालको धर्म संस्कृति र परम्परालाई कम्जोर पु¥याउने काम बढ्दो छ । यसले नेपालको एकतालाई कमजोर बनाउँछ । त्यसोत हिन्दु धर्मावलम्बिहरुले पनि विदेशी धर्म, सस्कृतिमा विश्वास गर्नेहरुलाई समभाव राख्न आवश्यक छ । हुनत नेपालका मुख्य हिन्दु र बौद्ध धर्मावलम्बिहरुले कुनै कसैको संस्कृतिलाई होच्याउने गरेको पाईदैन ।

स्मरण रहोस सवैभन्दा पहिला हामी मानव हौ । सवैभन्दा पहिला हामी नेपाली हौ । त्यसपछि मात्र हाम्रो लिङ, राजनीतिक पार्टी, धर्म, जाति र परम्पराको कुरा आउँछ । त्यसकारण एक मानवले अर्को मानवलाई मानवको आँखाले हेरौं । चाहे त्यो हिन्दु होस्, इसाई होस्, या मुस्लिम होस् । धर्म, राजनीतिक पार्टी, जाति, भाषा र भुगोलको आधारमा एक नेपालीले अर्को नेपालीलाई अपमान गरी देशको राष्ट्रिय एकतालाई कमजोर बनाउने काम नगरौं । हाम्रो संघारमा आइपुगेको २०७८ सालको फुलैफुल अनि बत्तिनै बत्तिको राष्ट्रिय पर्व तिहारको शुभ उपलक्ष्यमा सुम्पुर्ण नेपालीहरुको विशेष सुख र समृद्धिको कामना गर्दछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend