जन आकाश
काठमाडौ । सिलिङगस् ट्राभल्स एण्ड टुर्स प्रा. लि. आगामी बर्ष आफ्नो १५ औं बार्षिकोत्सबको अवसरमा उत्सवमय बनाउने जनाएको छ ।
सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरि स्थापना भएको सिलिङगस्ले आफ्नो १५ बर्षे यात्रामा पुरा गरिसकेकोे छ । त्यो सफलतासँगै नयाँ वर्षलार्ई उत्सवमय बनाउने अभिप्राय अनुरुप
सिलिङगस् वभिन्न किसिमका कार्यक्रमहरु लिएर आउने जानकारी दिएको छ ।
उसले भनेको छ डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिङगस्ले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको हो ।
नेपालीहरुको माहन् चाढ दिपावलीको संघारमा नयाँ लोगो सार्बजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्नो कर्पोरेट पार्टनरहरु माझ नयाँ लोगो परिवर्तनको सन्देश प्रबाह गर्दै सिलिड्ढस् टिम शुभकामना आदान प्रदानका लागि विभिन्न एअरलाईन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका लागि गएर पनि उत्सवमय बनाइएको जनाएको छ ।
सिलिङगस् निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिड्ढस्को नाम भित्रको मर्म मात्र नभएर आफ्नो ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गर्ने बताएको छ । कुनै एक विन्दुबाट अर्को विन्दु सम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिङगस्को प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको उल्लेख छ ।
”सिलिङगस्को नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रट्याउँछ ।” सिलिड्ढस कार्यकारी निर्देशक पावना श्रेष्ठले भनेकी छन्, ”यो परिवर्तन कोभिड १९ पछिको पुर्नजागरण पनि हो । यसमा खुशि र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राही प्रति उत्तरदायी भएका छौं भन्ने पनि बुझाउँछ ।”
सिलिङगस्ले सेल्स ब्लिजकै शैलिमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिना भरि निरन्तरता पाउने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend