logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कार्तिक २६ देखि फुटवेयर बिजनेस एक्सपो हुने


  • जन आकाश
  • बुधबार, कार्तिक २४ २०७८

काठमाडौ । कार्तिक २६ गतेदेखि फुटवेयर बिजनेस एस्पो हुने भएको छ । मिति २०७८ कार्तिक २३ गते पत्राकार सम्मेलन गरी उक्त जानकारी दिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्क्ष राजन श्रेष्ठले गर्नुभएको थियो ।



२०७६ पौष देखि विश्वव्यापी रुपमा पैmलिएको कोरोना महामारीको कारण २०७६ चैत्र देखि नेपालमा लकडाउन भएको थियो र सरकारले भिडभाड हुने क्षेत्रहरु प्रतिवन्दात्मक गरेपछि प्रत्येक बर्ष दुइपटक हुदै आएको जुत्ता चप्पल मेला हुन पाएको थिएन ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले हरेक वर्ष गर्ने गरेको औद्योगिक प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनुको सथै आम उपभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य माध्यम प्रदर्शनी तथा मेला महोत्सव नै हुन । तसर्थ समग्र संकुचन भएर रहेको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजान यो जुत्ता चप्पल मेलाले महत्वपुर्ण भुमिका खेल्ने एशोसिएसनका पुर्व अध्यक्ष तथा मेला संयोजक होमनाथ उपाध्यायले कार्यक्रममा बताउनु भएको थियो ।

त्यसै गरी एशोसिएसनका पुर्व अध्यक्ष तथा नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य रविन श्रेष्ठले नेपालमा स्वदेशी लगानी मैत्री वातावारण बन्दै गएको बताउनु भएको थियो र स्वदेशी लगानीकर्ताहरुले आफुसँग भएको पैशा स्वदेशमा नै लगानी गर्दा प्रतिफल पाइन्छ भन्ने भनाई राख्नु भएको थियो ।

एशोसिएसनका अध्यक्ष कृष्ण कुमार फुयाँल भने अस्वस्थका कारण कार्यक्रममा उपस्थित हुन सक्नु भएको थिएन ।
२०७८ कार्तिक २६ देखि २०७८ मंसिर १३ गते सम्म प्रदर्शनि मार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुनगईरहेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा हुनलागेको यो तेश्रो व्यापारीक मेला हो । गतवर्ष माघ÷फाल्गुणमा भएको दोश्रो व्यापारीक मेला अत्यन्त भव्यताका साथ सम्पन्न भएको थियो । लकडाउन पछि पहिलो पटक भएको जुत्ता मेलामा ग्रहकहरुले नेपालमा उत्पादित जुत्ता चप्पलहरु मन खालेर किन्न पाएका थिए ।

वर्षमा २ पटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारीक मेलाआयोजना गर्ने एशोसिएसनको नीतिअनुसार यो वर्षको पहिलो मेला उक्त अवधिमा गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । एशोसियसनको आयोजनामा हुने राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी उपयुक्त समयमा आयोजना गर्ने भनि कार्यक्रममा उपमहासंचीव ज्ञानेन्द्र दाहालले बताउनु भएको थियो ।

एशोसिएसनको यो नीतिलाई पुर्ण रुपमा पालना गर्दै सक्रिय सहभागिताका लागि सम्पुर्ण उद्योगी व्यावसायीहरुमा एशोसिएसनले त्यसै कार्यक्रम मार्फत आग्रह गरेको थियो ।

स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्तिक २६ गते देखी मंसिर १३ गते सम्म संचालन हुने मेलामा नेपालका चर्चित ३० वटा कम्पनीहरुका ६० वटा भन्दा बढि स्टलहरु रहने आयोजकले बताएको छ । जसमा एशोसिएसनमा आवद्ध नेपालका चर्चित ब्राण्डहरुको सहभागिता हुने यो मेलामा उपभोक्ताहरुले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरु प्राप्त गर्न सक्नेछन् ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकास गर्दै जुत्ताचप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा विगतका दिनहरुमा संचारकर्मीहरुले निर्वाह गर्नु भएको भुमिकालाई एशोसिएसनले कदापी भुल्न सक्ने भन्दै संञ्चारकर्मीहरुको प्रशंसासमेत गरेका थिए ।

हाम्रो यो अभियानमा सहयात्री बनेर आगामी दिनमा पनि स्वदेशी उत्पादनको प्रवद्र्धन, विकास र विस्तारमा निरन्तर संगै रहने र साथ र सहयोग यहाँहरुबाट प्राप्त गरिरहने विश्वास गर्दै यो मेलालाई भव्यताका साथ सफल बनाउन यहाँहरुको साथ सहयोग सल्लाह सुझावको अपेक्षा आयोजक ले गरेको छ भनि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपमहासचीवले सम्बोधन गर्ने क्रममा बताउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend