logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गुराँस लघुवित्तको साधारण सभा सम्पन्न


  • जन आकाश
  • बिहिबार, कार्तिक २५ २०७८

काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्थालि. को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष ७७÷७८ सम्मको मुनाफाबाट चुक्तापुँजी रु.८,३४,००,०००।–को ०.८८ प्रतिशत नगद लाभांशर १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गर्नुका साथै आर्थिक वर्ष ७७÷७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आ.व. ७८÷७९ कालागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।



उक्त साधारण सभाले संस्थापक समूह“क”अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजयकुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । २०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारण सभामा सहभागी शेयरधनीहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend