जन आकाश
सिनेमाको नायक सम्बन्धमा रहेको परम्परागत धारणामा अहिले क्रमशः परिवर्तन हुँदै गएको र नायक जस्ता लाग्ने पात्रहरु त निर्माण होलान् तर फमुर्लामा आधारित नायकको भने अब क्रमशः अवसान हुदै गएकोे छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गएको बुधबार गरेको ‘सिनेमामा नायकत्वको प्रश्न‘ बिषयक भच्र्यूल बहसमा चलचित्रकर्मी, मिडियाकर्मी तथा शिक्षाविद्ले उक्त धारणा व्यक्त गरेका हुन् ।
गुणैगुणले भरिएको परम्परागत नायकको रुप परिवर्तन हुदै अवगुणले युक्त पनि नायक हुन थालेको अवस्थाबाट अगाडी बढ्दै कुरा उल्लेख गर्दै बहसमा सहभागी शिक्षाविद् रेसु अर्याल ढुङ्गानाले रेखा थापालाई आफु हिरोको रुपमा देखेको बताइन् । उनमा हिरोको गुण सबै हु्ँदा थप सेक्सी पनि थप गरेको र त्यसले नायकत्वको गुणमा एक तत्व थपेको अर्यालको धारणा थियो ।
त्यस्तै बसहमा निर्देशक दिपेन्द के खनालले नायक सर्वगुण सम्पन्न भएको पुरुष नै हुनु पर्छ भन्ने आम बुझाई रहेकोमा समयसँगै जाँदा आम मानिसलाई नै हिरो मान्दै आए र अहिले चलचित्र बनाउँदै गर्दा आफुले हरेक पात्र हिरो हुने बुँझेको र त्यसरी नै प्रस्तुत गर्न थालेको बताए ।
मिडियाकर्मी संगीता श्रेष्ठले राम्री राम्रो लुगा लगाउने निरिह र अवला नायिकालाई बचाउने पात्रलाई नै नायक भन्ने अवधारण थियो । मिडियामा पनि कुराकानीको लागि बोलउँदा पनि पुरुष सेलिब्रेटीलाई प्राथमिकता दिइन्थ्यो, बुझ्दै जाँदा नायकत्वको रुपमा परिवर्तन बताउँदै आफुले फिल्म बनाउँदा भने मैले मेरो मुख्य पात्रहरु सबैलाई नै नायक बन्न पुगेको कुरा बहसमा बताइन् ।
बाल बलिकाहरुबाट नै नायकहरु प्रति विशिष्ट अवधारण बन्न थाल्छ भन्दै शिक्षाविद् अर्यालले नायकलाई खडा गरेर उसको नायकत्वको लागि जुन कृतिम किसिमको वातावरण बनाईन्छ त्यसले बालबालिकाहरु असाध्यै नकारात्मक पार्ने कुरा उल्लेख गरिन् ।
नायक भन्ने वित्तिकै जसको वरिपरि फाइट गीत हिरो हिरोइन भिलेन लभ ट्राजेडी जस्ता घटनाक्रम घटित हुन्छ भन्दै निर्देशक खनालले समाज र बजारका कारण पनि नायकत्वको प्रश्नको उत्तरलाई प्रभावित पारिरहेको हुने तर्क पेश गरे । खनालको विचारमा देशमा पनि हामीले नायक खोजी रहेका छौ जसले चमात्कार गरेर विकास गरेर हामीलाई सुखी र समृद्धि बनाउँछ । तर ढोगी नायकका कारण देश जस्तै फिल्म पनि असफल भएको निष्कर्ष खनालको थियो ।
महिला पात्र भनेको नायकको नायकत्व बनाउन र बढाउनको लागि सहयोगी मात्र बन्ने हो त रु भन्ने प्रश्न गर्दै मिडियाकर्मी संगीता श्रेष्ठ हिरोसँग लभ रोमान्स डान्स गर्ने नायिका हुन्छ । त्यो बुझाई मिडियामा पनि रहेको छ । कार्यक्रम निर्माण गर्दा पुरुषलाई प्राथकिकता दिइन्छ । तर अहिले यो बुझाई पनि केही परिवर्तन भएको आफुले महसुश गरेको उनले बताइन् ।
आदिवासी, दलित, मधेसी, महिला निम्न र पिछडिएको वर्गका पात्रहरु हिरो हुन नसकेको सन्दर्भमा हिरो, एन्टी हिरो, पात्र हुदै नायक नै समाप्त गर्ने विचारको बहस भैरहेको छ । तर ब्यवहारमा साहित्य र सिनेमा त्यो हुन सकेन । महिला पात्रलाई पनि नायक कै गुण भिडाएर प्रस्तुत गरिरहेको छौ । जसले नायकमा पुरुषत्वलाई नै बढाई रहेको प्रसंग पनि बहसमा उठाइयो । चलचित्रमा नायकका अनुहार त परिवर्तन भयो तर उसको मुल रुपमा परिवर्तन हुन सकेन ।
शिक्षाविद् रेसु अर्याल ढुंगानाले समाजलाई मार्ग निर्देशन गर्ने चलचित्रको निर्माण गर्नु पर्छ व्यवसायिक रुपमा यस्ता चलचित्रको अवस्था कमजोर हुनसक्छ त्यसको लागि राज्यको सहयोग रहनुपर्छ । उनको विचारमा समाज र सिनेमाको विचमा राम्ररी अन्तक्रिया हुन सकेको छैन । उदाहरण दिदै उनले भनिन् जस्तो वैदेशिक रोजगारको कथा भन्दा दुःख र संघर्ष मात्र नभनी त्यस पात्रले त्यहाँ दुख गरे घरपरिवारलाई सुखी शिक्षित र सम्पन्न बनाएको कथा पनि सिनेमा आउनु पर्यो ।
बहसमा निर्देशक खनालले चलचित्रमा अब फरक पात्र खडा गर्ने हो सुपर हिरो जन्माउने हैन । समाजको विरासत लाई धान्न नसकेको कारण फिल्म असफल भएका हुन् कि भन्ने प्रश्नमा उनले भूईमान्छेको कथा भनिरहेको छौ, समाजका नभनिएको कथा भन्न खोजेका छौ । नायक विना कै कथामा फिल्म बनाउँछु भन्ने अवस्था छैन । तर विस्तारै परिवर्तन हुन्छ जस्तो लाग्छ । त्यसपछि नायकको परिभाषामा पनि परिवर्तन हुन्छ भन्दै निर्देशक खनाले दर्शकको मनोविज्ञानमा पनि परिवर्तन भैरहेको र पात्र केन्द्रित चलचित्रहरुले राम्रो दर्शक पाईरहेको बताए । जो मानिस पनि उ आफ्नो जीवनको नायक हो । जुनसुकै मान्छे को कथा भित्रको उ आफ्नो नायक हो । त्यो वास्तविक पात्रलाई नायक बनाउँदा त्यो फिल्म राम्रो हुनसक्छ ।
साहित्यकार तथा चेत्लुङ डट कमका सम्पादक युग पाठकले बहस कार्यक्रम संचालन गरेको थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend