जन आकाश
काठमाडौ । साधना लघुवित्त वित्तीय संस्थाले आप्mनो ९३ औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालन माल्याएको छ । नयाँ शाखा यहि शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गर्नुभएको थियो ।
नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आप्mनो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।
वित्तीय संस्थाले हालकायम चुक्ता पूँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्र्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरु मार्फत वित्तीय सेवा प्रदान गरिरहेको संस्थाले दवी गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend