जन आकाश
चितवन। नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । नारायणगढमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समिति संयोजक तथा स्थायी समिति सदस्य दिननाथ घिमिरेले महाधिवेशनको तयारी तीव्र भएको बताएका छन् । महाधिवेशन कात्तिक २७ गतेदेखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिर पार्टी प्यालेसमा हुनेछ ।
महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटि, ११ जना स्थायी समिति सदस्य, २१ जना पोलिटब्युरो सदस्यहरु चयन हुनेछन् ।
त्यस्तै २० वटा विभागहरुको नेतृत्व पनि चयन हुनेछ । नेता घिमिरेले नेतृत्व सर्वसम्मत चयन हुने बताए । महाधिवेशनमा नयाँ जनवाद, राजनितिक प्रतिवेदन, नेपाल चिन्तन, संगठनात्मक सिद्धान्त, संगठनात्मक प्रतिवेदन, कार्यनीति, आर्थिक प्रतिवेदन, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव र पार्टी विधान संशोधनलगायतका दस्तावेजमाथि समूहगत छलफल हुने जनाइएको छ ।
महाधिवेशनको सध्यामा एक पोलिटव्यूरो सहित ३ जना केन्द्रीय सदस्यले पार्टीवाट राजिनामा दिएका छन् । भने पार्टीले केही समयपछि बिज्ञप्ति निकालेर कुनै सदस्य नरहने गरी हटाएको छ ।
हटाइएकाहरु पोलिट ब्यूरो कुल प्रसाद फुयाँल, केन्द्रीय सदस्यहरुमा शंकर पोखरेल, श्याम राइ र कारी यादव रहेका छन् । निस्काशित सवै नेकपा(एस)मा आवद्ध भइसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend