logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर


  • जन आकाश
  • बिहिबार, मंसिर २ २०७८

 



काठमाडौ । लक्ष्मी बैंकले नयाँ एक्स्टेन्सन काउण्टर जनकपुुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।

यो नयाँ एक्स्टेन्सन काउण्टर स्थापनापछि लक्ष्मी बैंकको स्टेन्सन काउन्टर देशमा आठ पुगेको बैकले जानकारी गराएको छ भने लक्ष्मी बैकको संजाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैकले उल्लेख गरेको छ ।

लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने उदेश्य राखेर व्यापक काम गर्दै आइरहेको छ । बैकले सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरागर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैकको भनाई छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend