logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भृकुटी मण्डपमा जुत्ता चप्पल मेलामा ग्रहकको भीड करोडौको ब्यापार


  • जन आकाश
  • शुक्रबार, मंसिर ३ २०७८

 



काठमाडौ । फुटवेयर बिजनेस एक्स्पो कार्तिक २६ गतेवाट शुरु भएको छ । फुटवेयर बिजनेस एक्स्पो २०७८ शुरुभएको छ । स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ एककार्यक्रमका बिच प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा दियो बालेर मेलाको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि ढकालले जुत्ताचप्पलमा नेपाल आत्मनिर्भर बन्दै गएकोले स्वदेशी उत्पादनका जुत्ता चप्पलको कारोबार गर्नुपर्नेमा जोड दिएका थिए।
आफ्नो देशको उत्पादन प्रयोगबाट मात्र समृद्धिको पहल गर्न सकिने र आफ्नै स्वदेशी वस्तुको प्रयोग र निर्यात बढाए मात्र हामी व्यवसायी सँगसँगै देशपनि उभो लाग्ने विचार राखेका थिए ।

फुटवेयर म्यानुफ्याम्चरर्स एशोसिएसन अफ नेपालले हरेक बर्ष गर्दे आइरहेको एक्स्पो यसपालि पनि प्रदर्शनीमार्गस्थित भृकृटीमण्डपमा आयोजना गरेको हो ।

मेलामा नेपालका चर्चित ३० वटा कम्पनिहरुका ३ हजार थरिका जु्त्ता चप्पलहरु राखिएको छ । ६० वटा भन्दा बढि स्टलहरु रहेको मेलामा उपभोक्ताले छानीछानी सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल खरिद गर्नसक्नेछन् । मेलामा आउने ग्रहकहरुले १५ प्रतिसत देखि ५० प्रतिसतसम्म छूट पाउनुका साथै नयाँनयाँ मोडेलका जुत्ता तथा चप्पल , बालबालिका तथा लेडिज जुत्ता चप्पल उपलब्ध छ ।मेला कार्तिक २६ गतेदेखी मंसिर १३ गतेसम्म चल्नेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend