जन आकाश
काठमाडौं । सहकारी बैंकले नयाँब्याजदर जारी गरेको छ । मंसिर ३ गतेदेखि लागू हुनेगरी बैंकले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक नयाँ ब्याजदर अनुसार सहकारी बैंकले अब निक्षेपमा अधिकतम १०.५० प्रतिशत ब्याजदर दिने भएको छ ।वाणिज्य बैंकहरुले भने यसअघि नै निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर घोषणा गरिसकेका छन् । यस्तै अन्य साधारण निक्षेपमा सहकारी बैंकले ३.७५ देखि ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
यता कर्जातर्फ भने शीर्षक हेरी ८ प्रतिशतदेखि अधिकतम १०.९९ प्रतिशतसम्म लिने बैंकले जनाएको छ । ३ महिनादेखि ५ वर्षे कृषि कर्जामा ८ देखि १० प्रतिशत ब्याजदर लिने जनाएको बैंकले सहकारी व्यवस्थापन कर्जामा अधिकतम १०.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
त्यस्तै अन्य हायर पर्चेज (गाडी), घरजग्गा लगायतको कर्जामा भने लगानी अनुसार ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । हाल सहकारी क्षेत्रमा एउटामात्र सहकारी बैंक सञ्चालनमा रहेको छ ।
यसको कार्यलय कुपनडोल केन्द्रीय कार्यलय र बिभिन्न ठाउमा शाखा कार्यलय सञ्चालमा छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend