जन आकाश
काठमाडौ । नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
सभाले सर्वसाधारण समूहबाट तीन जना र संस्थापक समूहबाट तीन जना गरी ६ जना सञ्चालकमा निर्वाचित गरेको छ । संस्थापक समूहको तर्फबाट एआरएम नजमुस शकिब, एम शाह, आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् ।
त्यसैगरी सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, अमन शाह र योगिता दहाल निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकको कार्यकाल आगामी चार वर्षसम्म हुनेगर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend