logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालका राजनीतिक पार्टीहरुको महाधिवेशनले के उपलब्धि हाशिल गर्ला !


  • जन आकाश
  • शनिबार, मंसिर ४ २०७८

नेपालका राजनीतिक पार्टीहरुको महाधिवेशनको रौनक यतिवेला बढेको छ । जताततै अधिवेशनका लर्को मात्र देखिन्छ । नेपली काँग्रेसको गाउँ, वडा, पालिका, नगरपालिका, जिल्ला अधिवेशन अधिकाँस ठाउँमा सकेको छ । केही केही विवाद भएका ठाउँवाहेक त्यसैगरी नेकपा(एमाले)को पनि गाउँ, वडा, पालिका, जिल्ला, अधिवेशन सकिसकेको छ । केही विवाद रहेका जिल्लावाहेक त्यसैगरी राप्रपा पार्टीको पनि गाउँ, वडा, पालिका सकिसकेको छ भने जिल्ला पनि सकेको छ । तर महाधिवेशन प्रतिनिधि छनौटको काम बाँकी रहेको छ ।



त्यसैगरी कुनै वेलाको एमाले पार्टीको माउ पार्टीको रुपमा रहेको नेकपा(माले) पार्टीले त आठौ माहधिवेशन चितवनको नारायणी कला मन्दिरमा सम्पन्न गरिसकेको छ ।

नेपालमा अहिले जति पनि पार्टीहरु महाधिवेशनको बिषय लिएर विधि र पद्धतीको कुरा लिएर आएका छन् ति सवै ६० उमेर काटेका हजुरबाउ उमेरका नेताहरुको अगुवाइमा अधिवेशनहरु भइरहेका छन् ।

अझै गहिरिएर हेर्ने हो भने त नेपालमा राणा साशन भएको वेलामा त्यतिवेला भारतको श्याम बजारमा स्थापना भएका पार्टीहरुको महाधिवेशन धमाधम भइरहेका छन् । नेतृत्व पनि केही एका दुई स्वर्गीय भएका वाहेक कुनै कुनै नयाँ औलामा गन्न सकिने मात्र छन् ।

यस्तो अवस्थामा गुज्रीरहेका राजनीतिक पार्टीहरुले जतिसुकै नयाँ नारा, योजना सुनाए पनि र अधिवेशनको लागि करोडौ खर्च गरेर गरिने तामझामको कुनै औचित्य देश र जनताको लागि देखिदैनन् ।

बरु ति महाधिवेशनहरुमा लाग्ने खर्चले नेपालमा उधोग खोलेर आफ्नै पार्टीका बेरोजगार रहेका कार्यकर्ताहरुलाई मात्र रोजगार दिन सकेमात्र पनि देशमा निक्कै ठुलो परिवर्तन आउन सक्थ्यो होला ।

अर्को महाधिवेशनमा जम्मा हुने हजारौ मानिसहरु हप्तौ दिनसम्म होल्ड हुदा लाग्ने समयमा काठमाडौ उपत्यका वा अन्य शहरमा खानेपानी अभावले छटपटाई रहेका मानिसहरुलाई पानी पु¥याउन श्रम गर्ने हो भने मानवताको लागि ठुलो सफलता प्रप्त हुनेथियो ।

यस्ता देश निर्माणमा न कुनै राजनीतिका पार्टीहरुको ध्यान गएको छ । नत आजको मितिसम्म कसैले यस्ता देशभक्तिपुर्ण अभियाँन नै थालेका छन् ।

नेपालमा राजनीतिक पार्टी भनेको नै देशलाई अन्यौलमा धकेल्ने जस्तो मात्र देखिएको छ ।

त्यसकारण नेपालका ठुला भनिएका काँग्रेस, एमाले, माओवादी, समाजवादी, लगायत विदेशी र्निर्देशनमा चल्ने पार्टी जस्ता देखिन्छन् ।

उनिहरुले हामी नेपालका पार्टी हौ नेपाल देशको पक्षमा काम गर्छाै भन्ने भान हुने काम गरेर नदेखाउनजेलसम्म विश्वास गर्ने आधार छैन ।

आउदो महधिवेशनवाट नेपाल देश र नेपाली जनताको पक्षमा महाधिवेशन भयो भन्ने आधार तयार गरेर राजनीतिका पार्टीहरु आउन् ।

त्यस्तो हुन सकेन भने समय सधै राजनीतिक पार्टीहरुको पक्षमा नहुन सक्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend