जन आकाश
टिप्पणी
काठमाडौ । नेपालको न्यायालय क्षेत्रमा यतिवेला विवादले उग्र रुप लिइरहेको छ । त्यसै विषयलाई लिएर न्यायालयका बेन्चहरु विवादमा छन् । त्यसैगरी बार एशोसिएसन विवादमा छ । यसले नेपालको राजनीतिक अस्थिरतामा देश जादैछ भन्ने देखाउछ । यो विवाद देश र जनताको हितमा छैन । संविधानले लिपीबद्ध गरेका कानुनलाई कार्यन्वयन गर्ने निकाय अदालत अर्थात न्यायालय हो । यो सम्माननीय निकायलाई जनताको विश्वास रहेको हुन्छ ।
यति गरिमा बोकेको निकायमा समेत यस्तो विवाद भएपछि अन्त कुन निकाय बाँकी रहेको होला र नेपालको बिधि विधान, पद्धती काहाँ लागु होला भनेर नागरिकहरुले विश्वास गर्ने ! यतिखेर सर्वसाधरण नागरिकहरु आश्चार्य चकित भएका छन् । आश्चार्य मान्नु स्वभाविक पनि हो । त्यस्तै आश्चार्य लाग्ने गरी अदालतका छेउछाउमा महिनौदेखि विवाद गर्दै रणमैदान बनाउदै वकिल, न्यायाधिसहरु कुटाकुट गरेको दृष्यले नेपालको प्रतिष्ठामा आच त पु¥याएको छ नै नेपालको अन्तराष्ट्रियस्तरमा साख गिराएको छ । यसका जिम्मेवारहरु को हुन ईतिहाँसले खोज्ने नै छ ।
नेपालको बारमा देखिएको विवादले अझै व्याक्ति बिशेषको जस्तो देखिएको तर प्रष्टसँग जनतालाई बुझाउन नसकिएको बिषय हो । पक्ष र बिपक्षमा लडाइ गराएर मज्जा लिने शक्तिहरुलाई त्यस वार अर्थात न्यायालयमा भइरहेको विवादले फाइदा गरेको होला तर समग्रमा देशलाई हित गरेको छैन । कयौ मुद्दाहरु प्रभावित भएका छन् ।
हजारौ हजार न्यायाको प्रतिक्षामा रहेका मुद्दाहरु ओझेलमा राखेर जिम्मेवार न्यायाधिस, वकिलहरु विवादमा अल्झीदा न्यायायको प्रतिक्षामा बसेका नागरिकहरुलाई देश नभएका नागरिकहरु जस्तो भान भएको सेवाग्रहीहरुको आक्रोश आउन थालिसकेको छ ।
त्यसैले पनि होला बारमा छिरेर अन्य साधारण नागरिकहरुले पनि आक्रमण गर्ने प¥यास गरेको, त्यसैगरी न्यायालयको सर्वोच्च निकायले विवादको मुल बिषय के हो त्यस बिषयलाई वार्ता सहकार्य गरेर कमिकमजोरी भएका छन् भने तुरुन्तै सच्याउनु पर्छ भने कुनै कमिकमजोरी नै भएका छैनन् भने विवाद निकालेका बिद्रोही पक्षको कुरालाई मिथ्या सावित हुनेगरी जनता माझमा आउनु पर्छ । यसरी दुनिया हसाउने गरी नेपालको बिश्वासिलो क्षेत्र न्यायालयलाई बन्दी बनाएर राख्नु नेपालको हितमा हुदैन । त्यसैले विवादित पक्षहरुले वेलैमा सोच्न जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend