logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेकपा (एमाले) को अध्यक्षमा रावल की ओली


  • जन आकाश
  • मंगलबार, मंसिर ७ २०७८

 



मोहन कार्की
काठमाडौ । नेकपा (एमाले) को १० सौ महाधिवेशन यहि १० गतेदेखि १२ गतेसम्म चितवनमा हुदैछ । नेपालमा कम्युष्टि व्यानर झुण्ड्याउने मध्यको अहिलेसम्म ठुलो पार्टीको रुपमा स्थापित नेकपा (एमाले) नै हो ।

नेकपा(एमाले)को महाधिवेशन कस्तो हुन्छ कसरी हुन्छ कस्को नेतृत्व आउछ भनेर राष्ट्रिय अन्तराष्ट्रियस्तरमा महत्वका साथ हेरिराखेका छन् । अर्को रोचक पक्ष भनेको नेपालमा २०७२ सालमा नयाँ संविधान जारी भइसकेपछि पहिलो पटक भएको स्थानीय, प्रदेश र संघिय निर्वाचनमा समेत सवैभन्दा धेरै सिटसंख्या जितेर सरकारमा समेत साढे दुइ बर्ष सरकारको नेतृत्व गरेको पार्टी भएको हुनाले पनि महत्व भएको हो ।

त्यसभन्दा अगाडि पनि नेकपा(एमाले) पार्टीको नेतृत्वमा सरकार बनेको इतिहाँस छ । स्वर्गीय मनमोहन अधिकारी नेपालको कम्युनिष्ट ब्यानरवाट पहिलो पटक प्रधानमन्त्री भएका थिय भने माधव कुमार नेपाल, झलनाथ खनाल, खडक प्रसाद ओली (केपी शर्मा ओली) नेकपा(एमाले) पार्टीवाट प्रधानमन्त्री भइसकेका छन् । तर यो १० सौ महाधिवेशनमा झलनाथ खनाल, माधव कुमार नेपाल नेकपा(एमाले) छोडेर नेकपा(समाजवादी) नयाँ पार्टी स्थापना गरी गइसकेका छन् ।

नेकपा(माओवादी केन्द्र) सँग २०७५ जेठ ३ गते पार्टी एकीकरण भएर झण्डै दुइतिहाई बहुमतको सरकार बनाएको बाम गठबन्धन भनिएको नेकपा–नेकपाको बिर्सजन सर्वोच्च अदालतले गरिदिएपछि तिन टुक्रामा बिभाजित नेकपा–नेकपा यतिवेला एकीकृत माओवादी केन्द्र, नेकपा –(एमाले) नेकपा (समाजवादी)को गरी तीनवटा ब्यानरमा देखिएका छन् । यहि समयमा स्थानीय, प्रदेश, संघको निर्वाचन नजिकिदै छ ।

निर्वाचनको सध्यामा हुन लागेको नेकपा(एमाले)को १० सौ महाधिवेशनमा कस्तो नीति पास हुन्छ र कस्ले नेतृत्व गर्छ फुटेर गएकाहरुलाई समेट्न सक्ने नेतृत्व आउछ की आउदैन राष्ट्रिय अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व र नेपाल कम्युनिष्ट पार्टीको विश्वसनीयताई राख्न सक्छकि सक्दैन जस्ता प्रश्नहरु उठिरहेका वेला र नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्दादेखि नमरुणजेल सम्म कम्युनिष्ट पार्टीको प्रमुख भइरहने चलन छ त्यसको बिकल्पमा स्वस्थ प्रतिस्पर्धावाट समय सुहाउदो र देशलाई सवल नेतृत्व दिनसक्ने महाधिवेशनले छान्छकि छान्दैन भनेर राष्ट्रिय अन्तराष्ट्रिय चासो बढीरहेको वेला नेकपा(एमाले) का उपाध्यक्ष रहेका भिम रावलले यतिवेला अध्यक्षको उम्मेद्धारीको घोषणा गरिसकेका छन् भने खुल्ला प्रतिवेदन समेत सार्वजानिक गरिसकेका छन् । तर (एमाले) भित्र खडग प्रसाद ओली( केपी शर्मा ओली) पुनः अध्यक्षमा उठ्ने संकेत गरेका छन् ।

यसवाट अवको नेकपा(एमाले)को अध्यक्ष भीम रावल कि केपी शर्मा ओली भन्ने अडकलबाजीहरु हुन थालेका छन् । एमाले भित्र एमालेलाई बलियो बनाउन आधार दिनसक्ने नेतृत्वलाई विश्वास गर्ने प्रतिनिधिहरुको भनाई पनि आएको छ । नेकपा –एमाले) का ६६३९ जना महाधिवेशन प्रतिनिधि चितवनमा पुग्न थालिसकेका छन् ।

उनिहरुको जसलाई बहुमत दिन्छन् त्यही उम्मेद्धारले अध्यक्षमा बिजय हाशिल गर्छ र नेकपा (एमाले) को आउदो ५ बर्षको लागि पार्टीको नेतृ्त्व गर्छन् । भने रिाष्ट्रय महाधिवेशनले अध्यक्ष– १ बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४ , महासचीव १ , उपमहासचीव–७ सहित २२५ जनाको केन्द्रीय कमिटीको निर्वाचित हुनेछन् र केन्द्रीय निर्वाचित केन्द्रीय कमिटीले नै स्थाइ कमिटी पोलिट ब्युरो निर्माण गर्ने विधानमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend