logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमाले स्थायी कमिटीको बैठक ललितपुरमा


  • जन आकाश
  • मंगलबार, मंसिर ७ २०७८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित छ ।



एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने बैठकको प्रमुख एजेण्डा छ । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुने जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend