logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कपिलवस्तुमा काँग्रेस अधिवेशन स्थगित


  • जन आकाश
  • मंगलबार, मंसिर ७ २०७८

 



काठमाडौं । नेपाली काँग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन तथा निर्वाचन मंगलबार हुने भनिएपनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्त र जिल्ला सभापति सुरेन्द्र राज आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले मतदान स्थलको विषयमा विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend