जन आकाश
काठमाडौ ।
चितवन कोई समुह अन्तर्गत मनकामना दर्शन प्रा. लि.द्वारा संचालित नेपालकै पहिलो र सफल मनकामना केवलकारको संचालन यही मंसीर ८ गते २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।
उक्त अवसरमा प्रालिले भव्य कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
गोरखाको मनकामना मन्दिरका भक्तजनहरुलाई लक्षित गरेर २३ बर्ष अगाडी चितवन कोइले सञ्चालमा ल्याएको मनकामना केवलकार प्रा.लिले छोटो समयमा राम्रो आम्दानी गरेको थियो । तर २०७६ सालको लकडाउन पछि बन्द भएको सेवा केही समय अगाडीवाट सुचारु गरिएको थियो । वर्तमान अवस्थामा भक्तजनहरुको आफ्नो मनोकामन पुरा गर्न मनकामना केवलकारको सुविधा लिदै मनकामना जान थालेका छन् ।
स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नेतृत्वमा सञ्चालन भएको केवलकार उनि मरेर गएपनि उनको सतन्तिको लागि प्रतिष्ठा बनेर रहेको छ । भने देशको ऐतिहासिक मन्दिरको प्रचारमा टेवा पु¥याउनुका साथै भक्तजनहरुकाई सेवा प्रदान गरेर पुण्य कमाउने काम पनि गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend