जन आकाश
काठमाडौ । गरिमा बिकास बैकको १४ औ बार्षिकउत्सव सम्पन्न भएको छ । बैकले १४ बार्ष पुरा गरी १५ बार्षमा प्रवेश गरेको छ । यहि मंसिर ७ गते काठमाडौंको लाजिम्पाटमा बैकले ग्रहकहरुको उपस्थितिमा भव्य बार्षिकउत्सव मनाएको हो ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तर दायित्व मुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्नलिखित कार्यक्रमहरु सम्पन्न गरेको छः

रक्तदानकार्यक्रम
रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको बैकले जनाएको छ । यसै अवसरमामंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट,कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवल, नारायणगढ, कावासोती, विरगंजल गायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम गरेको रक्तदान संकलन गर्न ओम अस्पतालले सहयोग गरेको र उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन जानकारी दिएको छ ।
गरिमा बिकास बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल रहेका छन् । उनको व्यवस्थापनले गरिमा बिकास बैकको उन्नति प्रगतिमा निक्कै बढोत्तरी भएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend