logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा


  • जन आकाश
  • बिहिबार, मंसिर ९ २०७८

 



काठमाडौ । राप्रापाको अधिवेशन नजिकिदै जादा अध्यक्ष पदको लागि संसद समेत रहेका अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको राप्रपा उच्च स्रोतले जानकारी दिएको छ । महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ अन्य पदाधिकारीहरुको नामवली प्यानलमा समेटेर प्रकाशित गरिने पनि बताएको छ ।

अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो मानिन्छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन ।

त्यसकारण अन्य अध्यक्षका उम्मेद्धारहरुले कस्तो समिकरण बनाउछन् भन्ने कुरामा निर्भर छ लिङदेनको आकांक्षा तर अन्तमा कमल थापा समुहका नेता भएका लिङदेन अन्तमा मिलेर जान सक्ने अडकल बाजी पनि राप्रापा बृतमा उठेको राप्रपाका एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend