logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेकपा(माले) को सन्देश–सभा रत्नपार्कमा सम्पन्न


  • जन आकाश
  • बिहिबार, मंसिर ९ २०७८

काठमाडौ । नेकपा(माले) पार्टीले आफ्नो आठौ राष्ट्रिय महाधिवेशले गरेका निर्णयहरु जनतासामु पु¥याउन मितिः २०७८ साल मंसिर ९ गते रत्नपार्कमा सन्देश–सभा गरेको छ । उक्त सभा गरेर देशको समसमहिक जल्दाबल्दा बिषय र गएको कार्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनमा भएको आठौ महाधिवेशनले तय गरेका नीति कार्यक्रमहरुको वारेमा जानकारी दिनलाई खुल्ला रुपमा रत्नपार्क रोजिएको (माले) पार्टीका स्थाई कमिटी सदस्य कृष्ण रानाले जानकारी दिनुभएको हो ।



उक्त सभालाई सम्बोधन गर्दै स्थाइ कमिटी सदस्य सुरेन्द्र ढकालले ग्रेटर नेपालको नक्सा देखाउदै नेपालको सत्य कुरा आफुले लिएर आएको भनि भित्तामा देखाउन थालेपछि सञ्चारकर्मीहरुको भीड लागेको थियो ।
त्यसैगरी पोलिट व्यूरो सदस्य जनक चालिसेले आज नै परेको नारी दिवशको अवसरमा नारीको नेपालको अवस्था र विश्व नारीको वारेमा प्रकास पार्नुभएको थियो ।

अनेरास्वियु पाचौका अध्यक्ष घनश्याम मिश्रले राष्ट्रियताको सवालमा र शैक्षिक क्षेत्रमा बढेका बिकृतिलाई हटाउन संयुक्त बिद्यार्थि आन्दोलन आवाश्यक रहेको बताउनु भएको थियो ।

प्रगतीशिल युवा संघ नेपालका अध्यक्ष दिनेश खातीले युवाहरुको आजको अवस्था र बिदेशमा भविष्य खोज्न जाने बनाउने परनिरर्भरवादी नीति नेपालका ठुला भनिएका पार्टीहरुको गलत नीति भएको र स्वदेशमा नै आत्मनिर्भर बन्ने बनाउने नीति अबलम्बन गर्न राष्ट्रवादी युवाहरुको आवाश्यकता रहेको बताउनु भएको थियो ।

पार्टीका महासचीव सिपी मैनालीले समग्रमा राष्ट्र बचाउन चारै खालका राष्ट्रवादी एक हुनुपर्ने भन्दै लामो भाषणमा बताउनु भएको थियो ।

सहासचीव लगायत नेताहरुले सम्बोधनको क्रममा बोलेका विस्तृतमा Jana Aakash Tv को भिडियो हेर्नुहोला उक्त च्यानलको प्रस्तुती राम्रो लागेमा सक्क्राइब , लाईक गर्न पनि नछुटाउनु होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend