जन आकाश
काठमाडौ । नेकपा(एमाले)को १० औ महाधिवेशन आज चितवनको नारायणी किनारमा हजरौ नेता कार्यकर्ता आम नागरिक र अन्तराष्ट्रिय पाउनाहरुको उपस्थितिमा भव्य कार्यक्रम हुन गइरहेको छ । चितवनको नारायणी किनारमा १२ः ३० उद्घाटन हुने नेकपा(एमाले)ले सचीवालयले जानकारी दिइसकेको छ ।
आजको उत्घाटन शत्र पहिलो शत्र सकिएपछि दोस्रो सेशनमा बन्द शत्रको घोषणा हुनेछ । उक्त बन्द शत्र चितवनको शौराहाको हुने बताएको छ । त्यसैंगरी नेताको नेता चुन्ने यो नेपालको कम्युनिष्ट ब्यानरमा सवैभन्दा ठुलो पार्टीको रुपमा रहेको एमालेको महधिवेशनलाई सवैतिरवाट महत्वका साथ हेरिएको छ ।
त्योभन्दा महत्व देशभरीवाट चुनिएर आएका नेताहरु केन्द्रीय कमिटीमा चुनिनको लागि पनि उत्तिक्कै सघर्ष गरिरहेका छन् । रामेछापवाट बिगतमा केन्द्रीय सदस्य रहेका कमल चौलागाई, कैलास ढुङगेल, रत्न प्रसाद गौतम, गीता कार्की, माया कार्की, शान्ति पौडेल केन्द्रीय सदस्यको आकांक्षी देखिन्छन् । कैलास ढुङगेल प्रदेश सभासद तथा पुर्व बागमति प्रदेशका आर्थिक योजना मन्त्री भइसकेका व्याक्ति हुन भने शान्ति प्रसाद पौडेल उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री रहेका छन् ।
त्यसैगरी सामाजिक क्षेत्रमा रामेछाप मात्र नभएर बागमती प्रदेश भित्रका जिल्लाहरुलाई मानवीय सहयोग पु¥याउदै आएका रत्न प्रसाद गौतमको पनि उल्लेखिय योगदान रहदै आएको छ । त्यसैगरी गीता कार्की समाजसेवी एमालेको चर्चित नेतृको रुममा रहनुभएको छ ।
त्यसैगरी माया कार्की मन्थली नगरपालिकाकी उपमेयर रहनु भएको छ । कमल चौलागाई पनि पुर्व मन्त्री तथा संसद भइसकेका व्यात्तित्व हुन् यसरी रामेछापवाट अन्य युवाहरुलेपनि केन्द्रीय सदस्यमा दावी गर्ने बुझिएको छ । तर अहिले नै नखुल्ने भनेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend