जन आकाश
काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला समितिका लागि प्रकाशमान सिंह र गगन थापाको संयुक्त प्यानल घोषणा भएको छ । सिंह र थापा समूहबाट वर्तमान सभापति कृष्ण (सबुज) बानियाँलाई निरन्तरता दिने भएको छ । यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी उम्मेदवार बन्दै छन् ।
शनिवार घोषणा भएको सिंह–थापा समूहबाट सचिवमा इन्द्र थापा र गोविन्द पुडासैनीले उम्मेदवारी दिने भएका छन् । यस्तै सहसचिवमा प्रा.डा.अमिता प्रधान र रोमेल श्रेष्ठलाई अघि बढाइएको छ । काठमाडौं जिल्लामा आज मनोनयन दर्ता जारी छ ।
भोलि बिहान ८ बजे जिल्ला अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा हुनेछ । भोलि १० बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ । यसअघि जिल्ला अधिवेशनका लागि संस्थापन टिमले कृष्ण सिटौला समूहसँग मिलेर उपेन्द्र कार्कीलाई सभापतिको रूपमा अघि बढाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend