logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

धादिङ कांग्रेसको सभापतिमा अधिकारी


  • जन आकाश
  • सोमबार, मंसिर १३ २०७८

 



धादिङ । नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका थिए ।

दुई हजार २ सय क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १ सय ५६ ले मतदानमा भाग लिएका थिए ।

यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ ।

कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुंगाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन् ।

तर क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend