logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पार्टीले जित्ने देशले हार्ने चलन अन्त्य गरौं 


  • जन आकाश
  • मंगलबार, मंसिर १४ २०७८

नेपालमा राजनीतिक पार्टीहरुले गर्ने गरेका कार्यक्रमहरुमा नेता र पार्टीले जित्ने आकलन गरिरहेका छन् । पछिल्लो अवस्थालाई हेर्ने हो भने पार्टीहरुले जितेको ठुलो हौवा फैलाइरहेका छन् । नजिकिदै गरेको स्थानीय, प्रदेश, संघको निर्वाचनको सन्ध्यामा यो पार्टीले यति सीट ल्याउछ यस्ले यति ल्याउछ भनेर चिया पसलका चोक चोकमा आकलनहरु शुरु भइसकेका छन् ।



नेता बन्ने होडमा महाधिवेशनहरु चलिरहेका छन् । पार्टीकै बिषयलाई लिएर कतिपय ठाउँहरुमा झै झगडा समेत भएका छन् । यसरी देशको समग्र क्षेत्रमा पार्टी करण भएको छ । एउटा सामान्य नागरिकले पिउनको जागिर खानपनि पार्टीको मुख ताक्नु पर्ने परिस्थिति बन्दै गएको छ । कर्मचारी राष्ट्रसेवक प्रहरी, लगायत क्षेत्रमा समेत राजनीतिक प्रभाव बढ्दै गएको देखिन्छ ।

कुन पार्टीको सरकार र कसको समर्थनमा कर्मचारी छन् । कुन पार्टीको भातृ संगठनमा आवद्ध हो जस्ता कुरा हेरेर सरुवा बढुवा गर्ने र महत्वपुर्ण निकायमा खटाउने जस्ता कामहरु पार्टीहरुको नामवाट चुनाव जितेका स्थनीय निकाय गाउँपालिका, नगपालिका, महानगरपालिका, प्रदेश, संघका जनप्रतिनिधिहरुले गर्ने गरेको व्यवहार समग्र जनता र देशको हितमा गरेको देखिदैन ।

उनिहरुको व्यवहार पार्टीको जस्तो देखिन्छ । पार्टीको पनि सिद्धान्त र विचारको पक्षको भए त ठिकै हो त्यो भन्दा पनि बाहिर गएर गरिएका व्यवहारहरुले पार्टीले जितेको मानिने तर देशले बिस्तारै हार्दै जाने स्थिति उत्पन्न हुन थालेको छ । नेपाली नागरिक भएकोमा गर्व गर्नुपर्ने भाव उत्पन्न हुने खालका तरिकाहरु –(सिस्टम) हुनुपर्ने ठाउमा जतापनि निरास र हेपिएको अपमान हुनुपरेको महसुस सर्वसाधरण नागरिक र कुनै पार्टीको सदस्यता नलिएको नागरिकहरुले यस्तोे परिस्थिति व्यहोर्नु परिरहेको देखिन्छ ।

यस्ता खालका व्यवहारहरु राज्यका महत्वपुर्ण निकायहरुमा हुदै जादा वास्तविक स्वाभिमानी नेपालीहरुमा निरासा आउने गरेको छ । त्यसैले देशलाई अप्ठ्यारो पर्दा चाहिने स्वभिमानी नागरिक नै यसरी अपमानित र निरासा पार्टीका नामवाट निर्वाचन जितेकाहरुले गराउछन् भने भोलिका दिनमा देशले आफ्नो प्रतिष्ठा र असल चाल चलन गुमाउन सक्छ र देश प्रतिको आम नागरिकमा निष्ठा गुमेको खण्डमा देशको अस्तित्वसमेत खतरामा पर्न सक्छ ।

त्यसैले यस्ता कार्यहरु रोकेर देशले जित्ने पार्टीले हारेपनि केही हुदैन भन्ने खालको वातावरण जिम्मेवार निकायहरुले बनाउनु पर्ने आजको आवाश्यक्ता देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend