जन आकाश
रामेछापमा मतदान परिचयपत्रको जानकारी दिने कार्यक्रम सम्पन्न
रामेछाप । रामेछाप जिल्ला निर्वाचन कार्यालयले मिति २०७८/०८/१५गते जिल्लाका नागरिक र नेपालका जुनसुकै जिल्लाका तर रामेछापमा कार्य गरिरहेका कर्मचारी, मजदुर जोसुकैले १७ गतेवाट रामेछापका सवै स्थानीय निकायवाट नेपाली नागरिताको आधारमा मतदाता परिचयपत्र लिन सकिने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
जिल्ला प्रसाशन कार्यालय रामेछापको हलमा भएको कार्यक्रममा जिल्ला प्रसाशन प्रमुख (सिडियो) दिपक कुमार पाहाडिको प्रमुख आतिथ्यमा निर्वाचन कार्यलयका नायव सुब्बा गणेश बहादुर थापाले मतदाता परिचय पत्रको वारेमा जानकारी दिएका थिए।
तर मन्थली नगरपालिका नागरिकहरुका लागि जिल्ला प्रसाशन कार्यलय र जिल्ला निर्वाचन कार्यलयमा मतदाता परिचयपत्रको व्यवस्था गरिएको जानकारी दिइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend