logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लैगिङक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न


  • जन आकाश
  • शुक्रबार, मंसिर २४ २०७८

रामेछाप । रामेछाप नगरपालिका अन्तर्गत महिला बालबालिका जेष्ठ नागरिक बिभागले १६ दिने लैगिङक हिंसा कार्यक्रम आज सम्पन्न गरेको छ ।



रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगाधेको प्रमुख आतिथ्य तथा वडाका वडा अध्यक्षहरु धन बहादुर खड्का, भिम बहादुर तमाङ राजनितीक दलका प्रतिनिधिहरु, हजुरको रेडियो १०२.१ का पत्रकार राजन महतरा क्षेत्री,महिला सम्बन्धि समुहहरु, अपांग साथै सर्वसाधारणहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बक्ताहरुले लैगिङ्क हिंसा अन्त्य गर्न समाजका सवै गागरिकहरु जिम्मेवार भएर आचरण व्यवहार सुधारे मात्रै समाज परिवर्तन हुने धारण राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको रामचन्द्र लामगाधेले २०७२ सालको सविधानले लैगिङ्क हिंसा विरुद्ध स्पष्ट पारेको हुदा त्यसको कार्यनयनमा जोडदिनुपर्ने धारण राख्नु भएको थियो।

त्यसैगरी सवै वडाका अध्यक्षहरुको प्रतिनिधि गर्दै ५ न. वडा अध्यक्ष भिम तामाङले शब्द उच्चारणमा ब्यावहारमा सुधार गर्नुपर्ने बताउनु भएको हो।

मङ्सिर ९ गतेदेखि देशभरी लैगिङ्क हिंसा विरुद्ध कार्यक्रम हुने गर्दछ। तर २०७२ सालमा बनेको नयाँ कानुनले  महिला बालबालिका जेष्ठ नागरिकहरूलाई थप मौलिक हक व्यवस्था गरेको भएपनी स्थानिय सरकार लागू भएपछि स्थानीय निकायहरुले राजनीतिक कर्याकर्ता भर्ती केद्र बनाएर अयोग्यहरु नियुक्त गरि महिला बालबालिका बिभागलाई निस्प्रभाव पारेका छन्

२०३२ सालमा स्थानपना भएको महिला बिभागको महत्व बिगतमा जत्ति थियो त्यसको निरन्तर र बिकास र कार्यनयन भएको देखिदैन ।

रामेछाप नगरपालिकाले आफ्ना  ९ वटै वडाका वडा कार्यालयहरुमा महिलाहरुलाइ सशक्तीकरण कार्यक्रम, महिला, बालबालिकाहरु माथी हुने हिंसा त्यसको निउनिकरन कसरी गर्न सकिन्छ भनेर अन्तरकृया साथै महिलाहरुले आम्दानी गर्न सके भने हेपिनु पर्दैन भनेर महिला समुहहरुले उत्पादन गरेका स्थानीय उत्पादनलाई स्टल व्यवस्थापन गरेर रामेछाप नगरपालिकाको व्यवस्थापनमा दुइदिने रामेछापको नगरपालिकाको हाटको हाताभित्र बजारको समेत व्यवस्था गरि  बिक्री केन्द्रको स्थापना गरिएको रामेछाप नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक बिभागको महिला साहायक निरीक्षक सरिता बुढाथोकीले जानकारी दिनुभएको थियो।

कार्यक्रममा रामेछापका महिला, अपांग , दलित समावेसी समूहले देशका विभिन्न स्थानीय निकायमा महिला, बालबालिका , जेष्ठ नागरिकलाई जनप्रतिनिधिहरुले गर्नेगरेको हेपाहा प्रवृत्ति प्रती ब्याग्य गर्दै नाटक प्रस्तुत गरेका थिए।

बाल प्रतिभा  पेबिसा कार्कीले अभिनय गरेर सवैलाइ बालबालिका भनेका उदाउदा तारा हुन भन्ने सन्देश दिएकी थिइन।

कार्यक्रमलाई आकर्षक ढंगवाट सरिता बुढाथोकी ले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी उत्कृष्ट समुहहरुलाइ पुरुस्कारको व्यवस्था समेत गरिएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend