जन आकाश
काठमाडौ । नेपाली काँग्रेृसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पुनः सभापतिमा बिजयी भएका छन् । नेपाली काग्रेसको काठमाडौमा भएको २३ देखि २६ गतेसम्म चलेको महाधिवेशनको निर्वाचनमा सभापति देउवाले प्रतिद्धन्द्धी शेखर कोइरालालाई भारी मनतान्तरले पराजित गरेर पुनः सभापतिमा बिजयी भएका हुन् ।
नेपाली काँग्रेका स्वर्गीय संस्थापकका छोराहरु एक भएर देउवालाई हराउन मोर्चावन्दी गरेका थिए । तर अन्तिममा प्रकाशमान सिंहले देउवालाई सर्मथन गर्ने र निवर्तमान उपसभापति रामचन्द्र पौडेल मौन बस्नले देउवाले प्रतिद्धन्द्धी शेखर कोइरालाई भारी मतले पराजित गरेका हुन् ।
डडेलधुरामा जन्मेका देउवा सुदुरपश्चिमवाट उच्च ओहोदामा ईतिहाँस बनाउने पहिलो व्याक्ति हुन पुगेका छन् । नेपालको धेरै पटक प्रधानमन्त्री हुने ईतिहाँसमा स्वर्गीय सुर्य बहादुर थापा भन्दा एक पटक मात्र पछाडी छन् । स्वर्गीय गिरिजा प्रसाद कोइरालाको रेकर्डलाई भेटाइ सकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend