logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सेञ्चुरी बैंकले ५.७५ लाभांस वितरण गर्ने


  • जन आकाश
  • आइतबार, पुष ४ २०७८

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गतआर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।



२०७८ पौष २ गते बसेकोे बैंकसञ्चालक समितिको ३५२ औं बैठकले चुक्तापूँजीको ६.०५प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्तापुँजी रु. ९,०३,४४,२९,५०२.५०÷– (अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुनआउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्तापुँजीको ०.३०प्रतिशतले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपीदुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको बैकले जानकारी दिएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात लाभांश वितरण गरिने उल्लेख गरेर पठाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend