जन आकाश
काठमाडौ । महालक्ष्मी विकास बैंकले गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखानगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकि प्रदान गरेको छ । वडाकार्यालयमा आयोजित एक कार्यक्रम आयोजना गरी गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्यांकिहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस्तै टोखानगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै कामगर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताएकमा थिए । “सबल बंैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend