logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल लाइफ इन्स्योरेन्स देशकै नं. १ बीमा कम्पनी भएको दावी


  • जन आकाश
  • मंगलबार, पुष ६ २०७८

 



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ ।

नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै न. १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ ।

उसले अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए ।

अभियानमार्फत कम्पनीलाई यस उचाईँ सम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष÷परोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए ।

“हामी समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो”, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, “स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाइहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ ।”

कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुष ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस “नेपालकै नं. १” अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास रहेको कम्पनीले जानकारी दिएकमो हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend