logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्राइम बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष ७ २०७८

काठमाडौ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको छ ।



सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस अघि पनि बैंकको सञ्चालक रहेका थिए ।

साधारणसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गदै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend