जन आकाश
काठमाडौ । काठमाडौँ गोकर्णेश्वरमा रहेको नामी कलेजले डिसेम्बर २२ तारिखका दिन आफ्ना विभिन्न संकायका बिधार्थीहरुलाई दीक्षान्त समारोह आयोजना गरेर बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित भएका थिए । भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले अध्यक्षता गरेकी थिइन् । काठमाण्डौको होटेल याक एन्ड यतीमा दिउँसो १ बजेबाट सुरु भएकोे कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend