logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच सम्झौता


  • जन आकाश
  • शुक्रबार, पुष ९ २०७८

 



काठमाडौ । देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरी कारोवार गर्न आधिकाररिता दिएका हुन् ।

यस सम्झौता अन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिंग केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिन सकिने छ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १०,००० भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिने छ ।

यसैगरी, चाँडै नै, राष्ट्रिय वाणिज्य बैंकका खाता ग्राहिले यस बैंकको मोबाइल एप अर्थात “आर बि.बि स्मार्ट“ प्रयोग गरेर देश तथा विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खाता माप्राप्त गर्न सकिनेछ । साथै, मोबाइल एपबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवाप्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउन समेत सकिने उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend