logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई नेपालमा


  • जन आकाश
  • आइतबार, पुष ११ २०७८

काठमाडौ । नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । गएको हप्ता आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ ।



इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ भनि सार्वजानिक गर्ने क्रममा बताइएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend