logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ पहिलो स्थानमा


  • जन आकाश
  • बिहिबार, पुष १५ २०७८

 



काठमाडौं । मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १”अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गरिरहेको छ । उक्त अभियानले समेत बजारमा सकारात्मक प्रभाव पारेको कपम्नीको भनाई रहेको छ ।
जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा अकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं. १”अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अभियान मार्फत कम्पनीलाई यस उचाईँसम्म पु¥याउन सकिएको बताउछन् ।

हरेक सुचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रष्ट पार्दछ । आ.व. २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँगरु ११८.७६ अर्बको सार्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सार्वाधिक बीमा लेख जारी, रु ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु७.१९अर्बको सार्वाधिक चुक्तापुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend