जन आकाश
काठमाडौ । फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।
फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको उक्त योजना अन्र्तगत हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ । विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरेका थिए ।
फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् । यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend