logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सन नेपाल लाइफको अभिकर्ता जागरण अभियाँन सम्पन्न


  • जन आकाश
  • शनिबार, पुष १७ २०७८

काठमाडौ । सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालय लगायतका कार्यलयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।



उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलरा जगौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उत्त कार्यक्रममा बिमाको महत्व र दावित्व भुक्त्तानि कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभाबकारी भुमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिनुभएको कम्पनीले जानकारी दिएको थियो । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गर्नु भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको यस अघिनै कम्पनीले जानकारी दिइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend