जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ खाता सार्वजनिक गरेको छ ।
् “कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।
उक्त बचत खाता ग्राहकहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुने छ । यस बचत खाता खोल्दा ग्राहक महानुभावहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा,BOK e-com Dollar Card जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्ने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend