जन आकाश
नेपालको राजनीतिक पार्टीहरुले देश विकासको कुरा गरेको त बेला बखतमा सुनिएकै छ ।
तर ब्यवहारमा हेर्ने हो भने नेपालमा प्रजातन्त्र स्थापना भएको पनि ७१ बर्ष भई सकेको छ । त्यसै गरी २०४७ सालमा बनेको नयाँ संविधानको प्रयोग गरेर बनेको अवस्थाको नयाँ रुपसम्म आइपुग्दा २१ बर्ष र गणतन्त्र स्थापना भएको १५ बर्षमा नेपालको अवस्था हेर्ने हो भने देश विकासको लागि राजनीतिक पार्टीहरुले काम गरेको देखिदैन ।
उनिहरुले राजनीतिक पार्टीको सभा, भेला, जुलुस, नारा, बिरोध गर्ने ठाउँहरुमा सहभागी हुन जनतालाई आवाहन गरेका छन् । त्यस्ता भेला, जुलुस, नारा लगाउने र पार्टीको कार्यक्रममा हजारौ लाखौ मानिसहरु भेला पनि भएका छन् । त्यस्ता कार्यक्रमको व्यवस्थापन गर्न उनिहरुलाई समस्या पनि छैन । त्यसको स्रोत खुलाएका पनि छैनन् । त्यस्ता खालका स्रोत खुलाउन जनताले दवाव नदिएर पनि होला ।
नेपालका नेपाली जनतालाई आफ्नै देशभित्र रोजगार सृर्जना गर्ने उधोग, कलकारखाना, व्यापारिक केन्द्र स्थापना गर्न छलफल नेपालमा कसै कुनै पार्टीले गरेको देखिएको छैन ।
त्यो नहुुुुुुुनुको कारण नै नेपालका राजनीतिक पार्टीहरु नेपालका जनताहरुवाट चल्दैनन् भन्ने खालका भानहरु हुनेगरी बेला बलामा राजनीतिक पार्टीहरुको गतिविधि अप्रत्यशित फेरवदल हुने र नेपाली जनताको चाहाना, सोचाई, बुझाई भन्दा फरक ढंङगवाट हुने गरेको हुनाले नेपालका राजनीतिक पार्टीहरु अन्तै कतैवाट सञ्चालित भएर नेपालमा नेपाली कै बिरुद्ध प्रयोग भएको जस्तो भान हुदै आएको छ ।
यस्ता क्रियाकलापले गर्दा नेपालको विकास हुन नसकेको सहजै अनुमान लगाउन सकिन्छ ।
आफै त अर्काको निर्देशनमा चल्ने नेपालका राजनीतिक पार्टीहरुले देशको विकास गर्छन भनेर पत्याउनु मरुभुमिमा पानी खोज्नु जस्तै हो ।
त्यसैले वेलैमा नेपाली जनताको चेतनामा चेत खुल्ने गरी बाढी आउनुपर्छ ।
जसले यस्ता नेपाल देश र नेपाली जनताको बीचमा कसिंङगरको रुपमा रहेका राजनीतिक दलहरुलाई बाढीले सफा गर्न ढिला गर्नु हुदैन । तवमात्र देशले खोजेको परिवर्तन विकास गर्न सहज हुन्छ होला ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend